२०७७ मंसिर ७ गते आइतबारको तपाईको राशिफल


प्रकाशित मिति : November 22, 2020

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाईलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जोश, जाँगर र हिम्मत बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बिद्या तथा प्रतिष्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परोपकार गर्नुमा नै भलो हुनेछ । घर परिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिदा संयमता अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ अतः काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्