भटाभट राजीनामा दिंदै निजामती कर्मचारी


७ मंसिर २०७७, आईतवार
karmachari sarkari psc

काठमाडौं, ७ मंसिर । निजामती सेवातर्फ जागिर खान ठूलै आकर्षण छ । तर ‘ठूलो संघर्ष’ गरेर पाएको त्यही जागिर भटाभट छाड्न थालेका छन् ।

२०७५ साउनयता दुई बर्षभन्दा बढी अवधिमा झन्डै १ हजार ४ सय ६९ निजामती कर्मचारीले राजीनामा दिएका छन् । २०७५ साउनदेखि गत साउनसम्म १ हजार ३ सय ४ जनाले राजीनामा दिएका हुन ।

त्यसपछि करिब ४ महिनामा जागिर छाड्नेको संख्या १ सय ६५ छ । राष्ट्रिय किताबखाना (निजामती) का सूचना अधिकारी रोशन ज्ञवाली पछिल्लो दुई बर्षमा अवकाश अवधिभन्दा पहिले राजीनामा दिनेको संख्या बढेको बताउँछन् ।

विगतमा जागिर छाड्ने कर्मचारीको संख्या एक बर्षमा ३ सय हाराहारीमा मात्रै हुन्थ्यो । उपल्लो तहका कर्मचारीले संवैधानिक नियुक्ती, बढी निबृत्तिभरण र दातृनिकायको जागिरका लागि राजीनामा दिएको देखिन्छ । तल्लो तहका कर्मचारीले भने सेवा सुविधा कटौतीकै त्रासका कारण जागिर छाडेको जनाइएको छ ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमार्फत सेवासुविधा कटौति गर्ने प्रस्ताव गरिएसँगै कर्मचारीले जागिर छाड्नेक्रम बढेको जानकारहरु बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७