अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु


७ मंसिर २०७७, आईतवार
1509066592Nepal Police

बाँके, ७ मंसिर । प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभावी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३ वनकटवामा अहिले त्रास बढेको छ ।

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ’ प्रहरी हिरासतमा रहेका २१ बर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि विना कारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरुको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तछाडमछाड गरिरहेका थिए । उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ’, ललिताले भनिन् ।

वनकटवाका १० बर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकीमा रुवाबासी चल्यो । हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरुले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७