बढ्यो जाडो : काठमाडौंको तापक्रम ६.५ डिग्री, जुम्लाको माइनस ४.९

हिमाली भेगमा हिमपातको सम्भावना, उपत्यकामा दिउँसो मौसम बदली


७ मंसिर २०७७, आईतवार

काठमाडौं, ७ मंसिर । देशभर तापक्रम बढ्ने क्रम बढेसँगै जाडो बढ्दै गएको छ । आज (आइतबार) विहान काठमाडौं उपत्यकाको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड रहेको छ । यसअघि शुक्रबार यो वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड थियो ।

अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । ‘अहिले काठमाडौंको मौसम सफा रहे पनि अपरान्हमा बदली हुनेछ’, उनले भने, ‘तर पानी पर्ने सम्भावना भने छैन ।’

मौसमविद् प्रधानाङ्गका अनुसार पश्चिम पहाडमा भने मौसममा बदली हुने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली रहेको उनको भनाइ छ ।
तराईका जिल्लामा बिहानको समयमा भिजिविलिटी केही कम रहे पनि यातायात सेवालाई असर गर्ने तहमा नरहेको प्रधानाङ्ग बताउँछन् ।

देशभर चिसो बढ्ने क्रमसँगै खास गरी जुम्लामा तापक्रम निकै घटिरहेको छ । त्यहाँ शनिबार न्यूनतम तापक्रम –४.९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै आज (आइतबार) राति सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७