कोरोनाबाट स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन


७ मंसिर २०७७, आईतवार
1699207290gaurisankardev

काठमाडौं, ७ मंसिर । कोरोना भाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राति १०ः४० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्य गम्भीर भएको थियो । उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत देवको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ । ५४ वर्षीय देव युनियनका सहसचिव थिए । उनको परिवारमा बाबु, आमा, श्रीमती, छोरा, छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७