कोरोना महामारी : युरोपको सबैभन्दा धनी देशमा नै आईसीयू शैंयाको संकट


७ मंसिर २०७७, आईतवार
201121051810 01 germany icu beds exlarge 169 iPiwbO7dcK

काठमाडौं, ७ मंसिर । कोरोना भाइरसको पहिलो लहरको दौरान जर्मनी अन्य युरोपेली मुलुकका लागि आशाको किरण बनेको थियो । विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा रहेको भन्दै जर्मनीको तारिफ भएको थियो । तर, अहिले गम्भीर संक्रमितहरु बढ्न थालेपछि जर्मनी पनि सकसमा पर्न थालेको छ ।

शुक्रबार जर्मनीमा हालसम्मकै रेकर्ड संख्यामा संक्रमित थपिए । एकै दिनमा २४ हजार संक्रमित थपिदा देशको आईसीयूमा पनि बिरामीहरु पनि रेकर्ड संख्यामा नै थपिए । आधिकारिक तथ्यांकका अनुसार सेप्टेम्बर २१ मा आइसीयूमा कोभिड–१९ का २६७ जना बिरामी रहेका थिए । नोभेम्बर २० यो संख्या ३ हजार ६१५ पुगेको छ । मात्र दुई महिनाको अन्तरमा यो संख्या १३ गुणाले बृद्धि भएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीले हालसम्म महामारीमा आफ्नो छिमेकी राष्ट्रको तुलनामा राम्रै प्रदर्शन गरेको थियो । यसमा देशमा रहेको आईसीयूको क्षमता पनि एक थियो । जर्मनीमा प्रत्येक १ लाख जनताका लागि ३३.९ शैय्या रहेको छ । इटालीमा यो ८.६ मात्र रहेको छ ।

तर, देशभर संक्रमितको संख्या बढ्दै जाँदा जर्मनीको स्वास्थ्य सेवा पनि दबाबमा परेको छ । केही क्षेत्रमा आईसीयू पूर्ण क्षमता नजिक पुगेको छ । शुक्रबार जर्मनीको नेतृत्वले यही दरमा संक्रमण बढे केही हप्तामा नै देशको स्वास्थ्य सेवा धरासयी बन्ने चेतावनी दिएको छ ।

यो खबर अन्य युरोपेली देशका लागि पनि खराब समाचार हुनसक्छ किनभने हालसम्म जर्मनीले महामारीको मारमा परेका छिमेकी देशका संक्रमितहरुलाई पनि उपचार गरिरहेको थियो ।

जर्मनीको विदेश मन्त्रालयका अनुसार पहिलो लहरका दौरान मार्च २१ देखि अप्रिल १२ को बीच देश बाहिरका २३२ जना कोभिड–१९ का बिरामीहरुलाई जर्मनीमा उपचार गरिएको थियो । जसमा ४४ जना इटाली, ५८ जना नेदरल्याण्ड र १३० जना फ्रान्सका रहेका थिए । दोस्रो लहरमा पनि बेल्जियम, नेदरल्याण्ड र फ्रान्सका संक्रमितको जर्मनीमा उपचार गरिएको छ ।

यता, कोरोना भाइरसको गम्भीरतालाई अस्वीकार गर्दै जर्मनीले संक्रमण नियन्त्रणका लागि अंगिकार गरेको कदमहरुको पछिल्लो समय बिरोध पनि भइरहेका छन् । देशमा हाल अर्ध–लकडाउनको अवस्था रहेको छ । स्रोत : सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७