स्वास्थ्य सेवा लिन चार घण्टा हिंडनु पर्ने वाध्यता हट्यो


७ मंसिर २०७७, आईतवार
nurse

सिन्धुपाल्चोक, ७ मंसिर । भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिंडनुपर्ने वाध्यता शनिबारदेखि हटेको छ ।

गाउँमै एकाइ स्वास्थ्य चौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।

लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्य चौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे ।

अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् । सो एकाइ स्वास्थ्य चौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७