कोरोनाबाट दाङका दुई जनाको मृत्यु, दाङमा मृत्तक संख्या २८ पुग्यो


७ मंसिर २०७७, आईतवार
nepalgunj teaching hospital2

दाङ, ७ मंसिर । कोरोना भाइरस संक्रमणबाट दाङका दुई पुरुषको ज्यान गएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।

यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७