संखुवासभा एमालेबाट अखिलका पूर्व नेता जीवन राईदेखी राजेन्द्र गौतमसम्म


२३ आश्विन २०७४, सोमबार
Jivan Rai

संखुवासभा : आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागि एमाले संखुवासभाले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य पर्शुमेघी गुरुङ, पूर्व केन्द्रीय सदस्य राजेन्द्र गौतम, पूर्वजिल्ला उपाध्यक्ष ऋषिकेशब चापागाई, सुजनकुमार श्रेष्ठ, विद्यार्थी नेता जीवन राई, गुप्तबहादुर श्रेष्ठ र शेरबहादुर कार्कीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ बलबहादुर पराजुली, योगराज गाउँले, सुन्दरी खतिवडा, ढकलाल श्रेष्ठ, पदमकुमारी गुरुङ, प्रेम शाक्य, सुनिता काफ्ले रााई को नाम सिफारिस गरेको छ ।

Jivan Rai

त्यसैगरि प्रदेशसभाका लागी संखुवासभा क्षेत्र नं। १ बाट प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष हेमराज घिमीरे, राजेन्द्र थापा, सुमन श्रेष्ठ, यादव अधिकारी, भविश्यर गुरुङ, जीतबहादुर घिमीरे, बद्री सापकोटा र चुडाबहादुर थापाको नाम सिफारिस गरेको जनाएको छ । समानुपातिकतर्फ केशकुमारी खत्री, टिकाराम गुरुङ, नारायण कटवाल, फणिन्द्र निरौला, रुद्रबहादुर घिमीरे, लीलादेवी कटवाल, सुरेश राई र शान्ति ढुङ्गानाको नाम सिफारिस गरेको छ ।

संखुवासभा क्षेत्र नंं २ बाट प्रदेशसभाका लागी प्रत्यक्षतर्फ पूर्वजिल्ला अध्यक्ष उमेशकुमार डाँगी, जिल्ला सभापति तुलसी न्यौपाने, चित्रकुमारी श्रेष्ठ, चेवनचन्द्र बसनेत, ज्ञानेन्द कार्की र पूर्वसांसद हरिबैरागी दाहाल रहेका छन् भने समानुपातिकतर्फ चन्द्रमणी भुजेल, दलबहादुर तामाङ, धनसिं जिमी, वीरेन्द्र केसी, मनमायाँ तामाङ, सरिता खड्का, सुमना श्रेष्ठ र हेमकुमारी चौहानको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७