उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिष्फोट


७ मंसिर २०७७, आईतवार
tapli

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिष्फोट गराएको छ ।

गए राति १ बजेतिरको समयमा गाउँपालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको । बम बिष्फोटबाट कार्यालयको कम्प्युटर, टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै एउटा अर्को बम फेला परेकाले गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्नेबारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७