फेरि बढ्यो सुनको भाउ


७ मंसिर २०७७, आईतवार
gold

काठमाडौं, ७ मंसिर । कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ती शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७