थप १,६६९ जनामा कोरोना संक्रमण, ५,६९९ जना निको, १६ को निधन


७ मंसिर २०७७, आईतवार
korona

काठमाडौं, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

आज देशभर ५ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३२१ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७