डा. बाबुराम भट्टराई दम्पती कोरोनामुक्त


८ मंसिर २०७७, सोमबार
baburam hisila

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

babu 1

नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो । सबैलाई धन्यवाद !’ ७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो । संक्रमणपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७