ताप्लेजुङको घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन


८ मंसिर २०७७, सोमबार
pm oli 20201123071609

ताप्लेजुङ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो उद्घाटन गरेका हुन् ।

सामुदायिक स्वास्थ्य इकाइको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ । घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाई दिन माग गरेका छन् । प्रधानमन्त्री आज इलाम हुँदै ताप्लेजुङको चीन सीमा क्षेत्रको भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७