प्रतिनिधिसभा सदस्यमा मोहन पाण्डेले लिए शपथ


८ मंसिर २०७७, सोमबार
thumb 7

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार दिउँसो समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा स्याङ्जाका मोहन प्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसले सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७