नेकपाको भविष्य ओलीले ल्याउने प्रस्तावमा निर्भर : प्रचण्ड


८ मंसिर २०७७, सोमबार
105 Shares
Prachanda 1 ZJeyOnZjOu

काठमाडौं, ८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भविष्य प्रधानमन्त्री एवम नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले ल्याउने राजनीतिक प्रस्तावले निर्धारण गर्ने बताएका छन् ।

स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका थिए । भेटमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’ उनले भनेका छन्, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ । छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’
सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताएका छन् ।

‘मसहित सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै पक्षमा छौँ,’ प्रचण्डको भनाइ उधृत गर्दै खुमलटार पुगेका एक स्थायी कमिटी सदस्यले भने, ‘अहिलेसम्म कुरा मिलेको छैन, उहाँ (प्रधानमन्त्री) को प्रस्ताव कस्तो आउँछ, ओली जी कसरी प्रस्तुत हुनुहुन्छ त्यसले पार्टीको भविष्य निर्धारण गर्छ ।’

jagdamba.cement
rbbbb

उनले अहिलेसम्मको अवस्था हेर्दा संयुक्त प्रस्ताव आउने सम्भावना नभएको पनि बताएका थिए । अध्यक्ष प्रचण्डले कात्तिक २८ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए । मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिन १० दिनको समय माग गरेका थिए । मंसिर १३ मा अर्को बैठक बस्ने बताइएको छ ।
दुई अध्यक्षलाई मिलाउन चार नेताको दौडधुप
ओली र प्रचण्डबीच संवाद गराएर सहमति कायम गराउन दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरुले सो पहल गरिरहेका छन् ।

‘चार दिनदेखि उहाँहरुले छलफल गरेर सहमति गराउन दौडधुप गरिरहनुभएको छ तर, अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन,’ एक नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७