थप १,९८० जनामा कोरोना संक्रमण, तीन हजार ४३ जना निको, १६ को निधन


८ मंसिर २०७७, सोमबार
korona

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

आज (सोमबार) देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

आज देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३३७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७