नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो


८ मंसिर २०७७, सोमबार
corona sss scaled 1

काठमाडौं, ८ मंसिर । नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

सोमबार नेपालमा सक्रिय सङ्क्रमितको संख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६२९ जना क्वरन्टिनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७