२०७७ मंसिर ९ गते मंगलबारको तपाईको राशिफल


९ मंसिर २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धार्मिक आस्था बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७