इजरायली प्रधानमन्त्रीले साउदी युवराजसँग गोप्य भेट गरेको खुलासा


९ मंसिर २०७७, मंगलवार
saudi america OPehI8Tt7K

काठमाडौं, ९ मंसिर । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले आइतबार साउदी अरब गएर युवराज मोहम्मद बिन सलमान र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । यो कुरा इजराइली मिडियाले दाबी गरेका छन् ।

इजराइली मिडियाले हवाई जहाजको उडान ट्रयाक गर्ने डाटाको आधारमा नेतन्यनहूले प्रयोग गर्ने एक बिजनेस विमान साउदी अरबको शहर नियोम गएको जहाँ युवराज र पोम्पियो पहिले नै उपस्थित रहेको दाबी गरेको छ ।

israel pm AEcFnF2AI5

इजराइल सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन तर इजराइलका एक मन्त्रीले भने आफूलाई विदेशमन्त्रालयले यसबारे जानकारी दिएको बताएका छन् । यदि इजराइली मिडियाको कुरा सही हो भने साउदी अरब र इजराइलका नेताबीच यो पहिलो आधिकारिक बैठक हुनेछ ।

अमेरिका इजराइल र अरबबीच सम्बन्ध सामान्य होस् भन्ने चाहन्छ । राष्ट्रपति डोनल्ड ट्रम्पले हालै इजराइल र संयुक्त अरब इमिरेट्स, बहराइन र सूडानबीच कुटनीतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए ।

साउदी अरबले निकै विचार पुर्‍याएर यसको स्वागत गरेको थियो तर उसले जबसम्म प्यालेस्टाइन र इजराइलबीच शान्ति सम्झौता हुँदैन तबसम्म साउदी अरब इजराइलसँग कुटनीतिक सम्बन्ध स्थापित नगर्ने संकेत गरेको थियो ।

स्रोतलाई उद्धृत गर्दै इजराइली पब्लिक ब्रोडकास्टर केन र अन्य मिडिया संस्थाले नेतन्याहू र इजराइली गुप्तचर विभाग मोसादका प्रमुख योस्सी कोहेनले आइतबार बेलुका युवराज र पोम्पियोसँग कुराकानी गरेको दाबी गरे । यो भेट साउदी अरबको हाइटेक र पर्यटनका लागि चर्चित शहर नियोममा भएको थियो ।

मिडियाका अनुसार नेतन्याहूको विमान जीएमटीका अनुसार बेलुका साढे ६ बजे नियोम पुगेको र करिब तीन घण्टा त्यतै बस्यो । त्यसपछि पुनः त्यहि बाटो हुँदै तेल अविव फर्कियो । यो विमान इजराइलका एक व्यवसायी यूडी एंजेलको हो र नेतन्याहूले पहिले पनि विदेश यात्राका लागि यो विमानको प्रयोग गरिसकेका छन् ।

नेतन्याहूका मन्त्रीको इशारा

नेतन्याहूको कार्यालयले यसबारे केही पनि जानकारी दिन अस्विकार गरेको छ । तर क्याबिनेट मन्त्री जिव एल्किनले आर्मी रेडियोसँग भने, ‘साउदी अरब जाने विमानमा म थिइनँ ।’ नेतन्याहूका सोसल मिडिया सल्लाहकार टोपाज लुकले पनि यस्तो बैठक भएको इशारा गरे जसमा उनले प्रधानमन्त्री नेतन्याहूले शान्ति चाहेको बताए ।

साउदी अरबको सरकारी मिडियाले युवराजको अमेरिकी विदेशमन्त्रीसँग भेटघाटको कुरा गरेको छ तर नेतन्याहूको भ्रमणबारे केही भनेको छैन । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरब इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्ने कुरामा आफू आशावादी भएको तर यस्तो प्रकारको कदम उठाउन थुप्रै बाधा अड्चन पनि आउने बताए ।

साउदी विदेशमन्त्रीको अस्विकार

साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–सउदले नेतन्याहू साउदी अरब आएको र युवराजसँग भेट गरेको भन्ने खबर अस्विकार गरेका छन् ।

Capture 1

उनले ट्वीट गर्दै भने, ‘अमेरिकी विदेशमन्त्रीको साउदी अरबको यात्राको क्रममा इजराइली अधिकारीसँग पनि साउदी युवराजको भेट भएको थियो भन्ने खबर देखेँ । तर यस्तो भेट भएको थिएन । त्यहाँ अमेरिकी र साउदी अधिकारी उपस्थित थिए ।’ बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७