मनोज पुन समूहले लियो गौचन हत्याको जिम्मा


२३ आश्विन २०७४, सोमबार
manoj pun 1

काठमाडौं : निर्माण व्यवसायी सङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएका छन् । गौचनको आजनै काठमाडौँको बानेश्वरस्थित गोली हानी हत्या गरेको थियो ।

manoj pun 1

गौचनको हत्या गरेको सोमबार अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौँ प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरूले गोली हानेको दाबी गरेको हो ।

मनोज पुन समूहले गत वर्ष युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो। रुपन्देही देवदहका पुन सुरु सुरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरूमा व्यापारीहरुसँग महिना उठाउथेँ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७