बैतडीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते


९ मंसिर २०७७, मंगलवार
accident

बैतडी, ९ मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप मंगलबार दिउँसो पौने २ बजेतिर बुढ्ढा नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिएका छन् ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको छ । घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७