सांसद प्रभु साहले वितरण गरे आठ सय परिवारलाई ग्याँस चुल्हो र सिलिण्डर


९ मंसिर २०७७, मंगलवार
127283900 796051457632506 2447327319706909297 n

गौर, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर–३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गरेका छन् ।

मंगलबार महम्मदपुरमा औपचारिक कार्यक्रम गरी ८ सय परिवारलाई ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । औपचारिक कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुँवामुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् ।

127509797 389719532238315 1539178268452999965 n

सोही क्षेत्रका नेता एवं प्रदेश–२ का सांसद कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको र यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउदै वर्तमान सांसद साहले यस गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरेको बताए ।

नेकपा प्रदेश–२ का अध्यक्ष एवं पूर्वमन्त्री समेत रहेका सांसद साहले प्रतिनिधिसभाको निर्वाचन ताका आफ्नो निर्वाचन क्षेत्रलाई धुँवामुक्त बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि मौलापुर नगरपालिका तथा फतुवा विजयपुर नगरपालिकाका सबै स्थानमा ग्याँस सिलिन्डर तथा चुल्हो वितरण भई धुँवामुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांश गाउँमा ग्याँस सिलिन्डर वितरण भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७