हजुरआमालाई चिर्पटले हानेर हत्या गर्ने युवा पक्राउ


९ मंसिर २०७७, मंगलवार
pakrau
फाइल फोटो

दाङ, ९ मंसिर । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेका अवस्थामा एक्कासि चिर्पटले टाउकामा हानी घाइते बनाएका थिए । उक्त घटनाको खबर पाउना साथ अस्थायी प्रहरीचौकी कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७