आज थपिएका १,७९० कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


९ मंसिर २०७७, मंगलवार
korona

काठमाडौं, ९ मंसिर । काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २,७९१ कोरोनामुक्त, २४ को मृत्यु
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश–१ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ११० जनामा कोरोना भेटिएको छ ।

प्रदेश–२ को धुनषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहट ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिरहामा ५ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६९२ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १९०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासी पूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नलवपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा ३, सल्यानमा २ र हुम्लामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धरामा ५, दार्चुलामा १, बझाङमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७