कोरोनाको खोेप प्रमाणित हुने बित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने छन् : स्वास्थ्यमन्त्री


९ मंसिर २०७७, मंगलवार
BhanubhaktaDhakal3
sf7df8f}F, @* r}tM:jf:YodGqL 9sfn :jf:Yo tyf hg;ª\VofdGqL efg”eQm 9sfn cfˆgf] sfo{sIfdf /f;;sdL{nfO{ cGt/jftf{ lbFb} . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौं, ९ मंसिर । सरकारले कोरोनाविरुद्धको खोप प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको जनाएको छ ।

विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका जनताका लागि उपलब्ध हुने वित्तिकै खोप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको जानकारी दिएका छन् ।

उनले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडि बढेको बताए । स्वास्थ्यमन्त्री ढकालले अहिले परीक्षणका क्रममा रहेका खोपहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको बताए ।

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७