घुस लिएको अभियोगमा वन रक्षकलाई मुद्दा


९ मंसिर २०७७, मंगलवार

काठमाडौं, ९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु १२ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७