मध्यभोटेकोशीमा करोडौं घोटाला


१० मंसिर २०७७, बुधबार
63 Shares
Main news pic

सिन्धुपाल्चोक, १० मंसिर । निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, चिनियाँ ठेकेदार र कन्सल्ट्यान्टको मिलेमतोमा करोडौं घोटाला भएको प्रमाण फेला परेको छ ।

स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, कन्सल्ट्यान्ट दिनेश भण्डारी र चिनियाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताए । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौंको ड्रिल भएको अडियो नै फेलापरेको छ, सुरुङको टेस्ट नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको छ’, मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भने ।

दोभाषे गोविन्दमार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरी सुरुङको परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस पठायो, मैले पास गर्न मानिनँ’, लामाले भने ।

jagdamba.cement
rbbbb

कार्यकारी निर्देशक काफ्ले, कन्सल्ट्यान्ट भण्डारी र दोभाषे पौडेलको सेटिङमा मध्यभोटेकोशी आयोजनाको साइट कार्यालयमा राम्रो काम गर्ने कर्मचारीलाई लामो समय टिक्नसम्म दिइँदैन । काम गर्ने कर्मचारी उनीहरुको सेटिङमा खेदिन्छन्, आयोजना प्रमुख सुनिल लामाले पत्तोसम्म पाउँदैनन् ।

‘एमडी यता आउँदा मसँग भेटघाटसम्म हुँदैन, कन्सल्ट्यान्ट र कन्ट्याक्टरसँग भेटेर फर्कनु हुन्छ’, लामाले भने, ‘एउटा सामान्य दोभाषेसँग करोडौं ड्रिल गर्ने कार्यकारी निर्देशकले कसरी आयोजना सम्पन्न गर्न सक्छन् ?’

२०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोशी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटकपटक म्याद थप गर्दै पछिल्लो पटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोशी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रिएका छन् ।

‘समस्या सिर्जना गर्दै आयोजनाको म्याद थप्ने र कमाउने खेलमा एमडी मणिराम काफ्ले लागेको प्रमाण भेटियो, एउटा सामान्य दोभाषेसँगको करोडौंको ड्रिल गरेको अडियो हामीसँग छ’, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने, ‘स्थानीय समुदायका समस्या ज्युँकात्युँ छन्, एमडी नै कमाउ धन्दामा लागेर आयोजना असफल बनाउन उद्दत देखिए ।’ राष्ट्रिय गौरवको मध्यभोटेकोशी आयोजनाका धमिराहरुलाई कानुनी कारबाहीको प्रक्रियामा आफूहरु अघि बढेको उनले बताए । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७