भारतले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगायो


१० मंसिर २०७७, बुधबार
28 Shares
chinese app TrpHBozDVl

नयाँदिल्ली, १० मंसिर । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्च जस्ता एप्स समावेश छन् ।

भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मन्त्रालयले जारी गरिएको बयानमा भनेको छ, ‘यो कारवाही यी एप्ससँग सम्बन्धित ती जानकारीको आधारमा लिइएको हो जसमार्फत् यो थाहा भएको छ कि यी एप्स भारतको स्वायत्तता र सुरक्षाका लागि खतरा छन् । मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेशनको रिपोर्टको आधारमा लिएको छ ।’

यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

jagdamba.cement
rbbbb

त्यसपछि सरकारले अर्को पटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो । सप्टेम्बर महिनामा एक पटक पुनः पब्जी समेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७