बार्सिलोना, युभेन्ट्स, चेल्सी र सेभिया नकआउट चरणमा, मेसीलाई दिइयो आराम


१० मंसिर २०७७, बुधबार
b 5

बेलायत, १० मंसिर । बार्सिलोना, युभेन्ट्स, चेल्सी र सेभियाले मंगलबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेका छन् ।

यस्तै म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) नकआउट चरणका नजिक पुगेका छन् । समूह ‘ई’ को खेलमा चेल्सीले रेनेसलाई २–१ र सेभियाले क्रसनोडारलाई २–१ ले हरायो ।

दुवै विजयी टिम समान १० अंकमा छन् । समूह ‘जी’ मा लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाले डायनामो किभलाई ४–० ले हरायो । मार्टिन ब्रेथवाइटले दुई गोल गरे । बार्सिलोनाले यस खेलमा लियोनल मेसीलाई आराम दिएको थियो ।

यस्तै अर्को खेलमा युभेन्ट्सले फेरेक्नभारोसलाई २–१ ले हरायो । उसका लागि क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । बार्सिलोनाको १२ र युभेन्ट्सको ९ अंक भएको छ । समूह ‘एफ’ मा भने बोरुसिया डर्टमुन्डले क्लब ब्रुगलाई ३–० र लाजियोले सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरे । समूह ‘एच’ मा म्यानचेस्टरले इस्तानबुल बासकसेरलाई ४–१ र पीएसजीले लाइपजिगलाई १–० ले हरायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७