बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

पाँच जना भन्दा बढी भेला हुन रोक


१० मंसिर २०७७, बुधबार
0f8aa9176187305da7b74cec01eaec46 w1000 h500 cp

बर्दिवास, १० मंसिर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातोखोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोक सम्म निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा अवधिभर र उक्त क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन् । निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ ।

आइतबार साँझदेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका–१४ का सहिद आलमका ६ वर्षीया छोरीको बलात्कारपश्चात हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेको थियो ।

बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका–१ का सञ्जय न्यौपानेको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा गए राति मृत्यु भएको हो । सञ्जयको मृत्युपश्चात स्थानीयहरुले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग र बजार बन्द गराउनुका साथै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७