शिकार खेल्न गएका राउटे किशोरको भीरबाट लडेर मृत्यु, बसाई सर्ने तयारी


१० मंसिर २०७७, बुधबार
Raute

कर्णाली, १० मंसिर । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ ।

राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ । हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संख्या १४५ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७