आज पनि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?


प्रकाशित मिति : November 25, 2020
फाइल फोटो

काठमाडौं, १० मंसिर । नेपाली बजारमा केहि दिनयता सुनको भाउ ओरालो लागिरहेका छ । आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ । मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्