बर्दिबासमा कर्फ्यू तोड्दै प्रदर्शन, मेयरको पुत्ला दहन

राजमार्ग अवरुद्ध भएपछि सार्वसाधरणलाई सास्ती


१० मंसिर २०७७, बुधबार
balika

बर्दिवास, १० मंसिर । प्रहरीको गोली लागेका थप एक व्यक्तिको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिवास थप तनावपूर्ण बनेको छ ।

बर्दिबासमा स्थानीय प्रशासन महोतरीले आज विहानदेखि भोलि (बिहीबार) विहान ६ बजेसम्म लगाइएको निषेज्ञाज्ञा उल्लंघटन गर्दै स्थानीयबासीे प्रदर्शन गरेका छन् ।
स्थानीय प्रशासनले पाँच जनाको समूह भन्दा बढी जम्मा हुने नपाउने भए पनि आक्रोशित स्थानीयले झन आन्दोलन चर्काएका छन् ।

बलात्कारपछि हत्या गरिएको ५६ बर्षीया बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेविरुद्ध स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन् । उनीहरुले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन् ।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ । यातायात ठप्प हुँदा यात्रीहरु समस्यामा परेका छन् । प्रहरीको गोली लागेका अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७