ओली–प्रचण्ड वार्तामा, कस्तो पाक्ला खिचडी ?


२९ माघ २०७४, सोमबार
Oli Dahal

काठमाण्डौं, २९ माघ : वाम गठबन्धनको एकता धरापमा पर्न सक्ने अभिव्यक्तिहरु आउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्भावित खतरा टार्नका लागि वार्तामा बसेका छन् । Oli Dahal

ललितपुरको मानभवनमा बिहान साढे ९ बजेदेखि दुई नेताबीच नेतृत्व व्यवस्थापनलगायतका विषयमा छलफल जारी रहेको नेताहरुले जानकारी दिएका छन् । केही दिनअघि चितवनमा भएको कार्यक्रममा प्रचण्डले अर्को ‘फड्को हान्ने’ अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा एकता प्रक्रियाका बारेमा शंका व्यक्त भएको थियो । आज दुई अध्यक्षबीच निर्णायक छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक ओलीलाई र एक आफूलाई हुनुपर्ने माओवादी अडान देखिन्छ । केही दिनअघि प्रचण्डले ‘अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक एमालेले रोज्ने र छोडेको जिम्मेवारी आफूले सम्हाल्ने’ आशय व्यक्त गरेका थिए । फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७