महान् अर्जेन्टिनी फुटबलर डियगो म्याराडोनाको निधन


प्रकाशित मिति : November 25, 2020

काठमाडौँ । महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको हो।

दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो।

प्रतिक्रिया दिनुहोस्