म्याराडोनाको निधनपछि पेलेले भने, ‘हामी एक दिन स्वर्गमा फुटबल खेल्नेछौं’


११ मंसिर २०७७, बिहीबार
maradona pele mOcVzsBRBp

काठमाडौं, ११ बिहीबार । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

अर्जेन्टिनालाई आफ्नो कप्तानीमा सन् १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए । अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो ।

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । पेलेले म्याराडोनाको निधनपछि विज्ञप्ती जारी गरेका छन् । ‘उनी जस्ता साथी गुमाउनु दुःखद् हो ।

भगवान्ले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । पक्का छ, कुनै दिन हामी स्वर्गमा एक साथ बल हान्नेछौं,’ उनले लेखेका छन् । इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्व स्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अर्जेन्टिनामा तीन दिने शोक
यसै महिनाको सुरुवातमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनी दुुई साताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । अक्टुुबर ३० मा जिम्नासिया क्लबको रंगशालामा आफ्नो ६० औं जन्मदिन मनाउने क्रममा म्याराडोना झुुलुक्क देखा परेका थिए, तर उनी स्वस्थ थिएनन् ।

हिंड्न समस्या भएपछि उनले आफ्नो टोलीको खेल समेत हेरेका थिए । त्यसको केही दिनमै उनलाई ला प्लाटास्थित अस्पताल लगिएको थियो, जहाँ मस्तिस्कको शल्यक्रिया भयो । म्याराडोनाको निधनको खबर बाहिरिएसँगै अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७