करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता


११ मंसिर २०७७, बिहीबार
aartha mantralaya

काठमाडौं, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ ।

६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०–७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो ।

कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७