श्रीमतिको मृत्युपछि १४ वर्षीया छोरामाथि लगातार बलात्कार, ३७ वर्ष जेल सजाय


११ मंसिर २०७७, बिहीबार
Rape for nayapage

मकवानपुर, ११ मंसिर । श्रीमतिको मृत्युपछि आफ्नै १४ वर्षीया छोरामाथि लगातार बलात्कार गर्दै आएका एक व्यक्तिलाई ३७ वर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको हो ।

१४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो ।
उनी आठ महिनाअघि पक्राउ परेका थिए । छोरीलाई बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि ३० चैतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

मकवानपुरकै ती पुरुषले आफ्नी पत्नीले आत्महत्या गरेपछि छोरीलाई बलात्कार गर्न थालेका अनुसन्धानबाट खुलेको छ । उनले चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका थिए । नयाँ मुलुकी संहिता अनुसार जबरजस्ती करणीमा १२ वर्ष र हाडनाता करणीमा २५ वर्ष गरी उनलाई ३७ वर्ष कैद सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७