पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हिमपात


११ मंसिर २०७७, बिहीबार
Dolakha snow fail kharidhunga 3 20190123134339

काठमाडौं, ११ मंसिर । नेपालमा पश्चिमी बायुको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) को मौसम पूर्वानुमान जारी गर्दै चिसो बढ्ने क्रम दिनहुँ बढिरहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण तराईमा हुस्सु लाग्ने र हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूआंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७