अपराजित बायर्न नकआउट चरणमा प्रवेश


११ मंसिर २०७७, बिहीबार
28 Shares
FC Bayern Munchen

काठमाडौं, ११ मंसिर (एजेन्सी) । यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
म्युनिखले अस्ट्रियन क्लब साल्जबर्गलाई ३–१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो।

समूह ‘ए’ मा शीर्ष स्थानको वायर्नले चार खेलमा लगातार जित निकाल्दै १२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकको ५ अंक छ भने मस्को ३ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको साल्जबर्गले १ अंक जोडेको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

jagdamba.cement
rbbbb

एक खेलाडी कम हुनका बाबजुद बायर्नले अग्रता बढायो । ६८ औं मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै सहज जिततर्फ अग्रसर गराएका थिए । ७३ औं मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे ।

समूहको अर्को खेलमा एटलेटिको म्याड्रि लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकियो । एटलेटिकोले खेल अवधिभर बलमा पकड जमाउँदै आक्रमण बुनेपनि लोकोमोटिभको डिफेन्स तोड्न सकेन । ६८ औं मिनेटमा कोकेले गोल गरेपनि भीएआरले त्यसलाई मान्यता दिएको थिएन ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ । बायर्नले अर्को चरणको टिकट पक्का गर्दा अन्य टोलीको सम्भावना भने खुला छ । एटलेटिको ५ अंकसहित दोस्रो स्थानमा रहँदा लोकोमोटिभ ३ अंकसाथ तेस्रो स्थानमा छ । साल्ज्बर्गको १ अंक मात्र छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७