नेपाली क्रिकेट टिमका कप्तानसहित चार जनामा कोरोना, बन्द प्रशिक्षणमा थपिए ५ खेलाडी


११ मंसिर २०७७, बिहीबार
28 Shares
gyanendra malla

काठमाडौं, ११ मंसिर । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको स्वाब संकलनको बुधबार आएको नतिजाअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरेका छन् । उनले आफनो स्वास्थ्यबारे जानकारी दिँदै कुनै लक्षण र समस्या नभएको बताउँदै अहिले होम क्यारेन्टिनमा रहेको जनाएको छ । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

jagdamba.cement
rbbbb

कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरू गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब लिएको थियो।

बिहीबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको थियो। अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्।

थप ५ खेलाडी बन्द प्रशिक्षणमा

खेलाडीहरूमा काेराेना पुष्टिभएसँगै क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बिक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा बोलाइएको हो ।

उनीहरूमध्ये लोकेश उपत्यका बाहिर परीक्षामा रहेकाले तत्काल सहभागी हुने छैनन् । चार खेलाडीले भने पीसीआर टेष्ट गर्दा नेगेटिभ आएमा बिहीबारबाटै प्रशिक्षणमा सहभागी हुनेछन् ।

कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो। कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्। प्रशिक्षकमा जगत टमाटा छन्।

नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ। त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७