पूर्व युवराज पारस शाह होटलमै बिरामी

चितवन, ११ मंसिर । पूर्व युवराज पारस शाह आफू बस्दै आएको होटलमै बिरामी परेका छन् ।
मंगलबार राति नारायणगढस्थित एक होटलमा बसेका शाहले बुधबार मध्याह्नतिर अस्वस्थ भएको महसुस गरेको चितवन प्रहरीले जनाएको छ ।
‘उपचारका लागि पुरानो मेडिकल कलेज जाने कुरा थियो, जानु भयो कि भएन, पछिल्लो जानकारी आएको छैन,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बिहीबार भने ।
यसअघि बुधबार दिउँसो चिकित्सकको टोली पूर्व युवराज शाह बसेको होटलमै गएका थिए । यसपछि उनलाई अस्पताल भर्ना गरियो कि गरिएन भन्ने जानकारी आफूले पाइनसकेको एसपी गुरुङको भनाइ छ ।