नेपाल–भारत बलियो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेमा प्रयत्न गर्छु : विदेश सचिव


११ मंसिर २०७७, बिहीबार
PRO KTM Indian HarshVardhanShringla20201126 PRO20201126 B

काठमाडौं, ११ मंसिर । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुशी लगेको बताए ।

‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग भने, ‘अहिले यहाँ आउन पाउँदा निकै खुशी लागेको छ । हामीबीच अत्यन्त बलियो सम्बन्ध छ । यसलाई कसरी अघि बढाउने भन्नेमै हाम्रो प्रयत्न हुनेछ ।’

उनले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच निकै महत्वपूर्ण बैठकहरु हुने बताएका छन् । ‘म त्यसका लागि उत्साहित छु,’ उनले भने । यसअघि पनि नेपाल आएको तर, परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए ।

सचिव श्रृंगलाले अघि भने, ‘भारत र नेपाल निकतटम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गरौंला ।’ उनका अनुसार भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७