थप १,६१४ जनामा कोरोना संक्रमण, १,४३७ जना निको, २३ को मृत्यु


११ मंसिर २०७७, बिहीबार
korona

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६१४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर एक हजार ४३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७