भारतीय विदेशसचिवद्वारा नेपाललाई दुई हजार सिसी रेम्डिसिभिर औषधि हस्तान्तरण

काठमाडौं, ११ मंसिर । भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन् ।
उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज बिहीबार मन्त्रालयमा भेटी सो सहयोग हस्तान्तरण गरेका हुन् । उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल (सिसि) रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन् ।
त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन् । विदेशसचिव श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहीबार काठमाडौं आइपुगेका हुन् ।