नेकपामा ओलीको विकल्पमा अरू कोही छैन : रामवीर मानन्धर


११ मंसिर २०७७, बिहीबार
rambir manandhar 1

काठमाडौं, ११ मंसिर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी ओलीको विकल्प अरू कोही हुनै नसक्ने बताएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले हाल नेकपामा ओलीको विकल्प कोही नभएको बताएका हुन् । ७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उनले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताए ।

उनले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गरिरहेको बताएका छन् । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरू लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने दाबी समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७