चीन र भारतको प्रतिष्पर्धामा नेपाल तटस्थ : परराष्ट्रमन्त्री ज्ञवाली


११ मंसिर २०७७, बिहीबार
pradeep

काठमाडौं, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् ।

विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको अरु कुनै स्वार्थ नहुने उनले बताएका हुन् ।

बिहीबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको परराष्ट्र नीति सधैं सन्तुलित नै हुने बताए ।

नेपालको परराष्ट्र नीति सधैंभरि सन्तुलित नै रहेको भन्दै उनले दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिने बाहेक अरु कुनै स्वार्थ नरहेको बताए । मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिष्पर्धामा नेपाल तटस्थ रहने पनि बताएका छन् ।

‘उहाँहरुको प्रतिष्पर्धामा नेपाल कहीं पनि छैन । हुने कुरा पनि भएन’, उनले भने–‘उहाँहरुको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहन्छ नेपाल ।’
यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७