एनआईसीको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने


९ मंसिर २०७७, मंगलवार
Nic asia 1

काठमाडौं, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन हो । मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको बैंकले बुधबारबाट मंसिर २१ गतेसम्म ‘बुक क्लोज’ गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । अधिकृत पुँजी ९ अर्ब ७२ करोड रुपैयाँबाट बढाएर ११ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने बैंकको एजेन्डा छ ।

बैंकको साधारणसभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट हुँदैछ । आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७