प्रभु बैंकमा क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने


२८ कार्तिक २०७७, शुक्रबार
Prabhu Bank Rajbiraj Saptari Branch 1316844221

काठमाडौं, २७ कात्तिक । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो ।

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहज रुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनेछन् ।

बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७